मुक्तिनाथ विकास बैंकको विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम «

मुक्तिनाथ विकास बैंकको विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ ।
बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुको आयोजना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले फाइनान्सीयल लिट्रेसी कार्यक्रम पनि आयोजना गरेको छ । यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्यानिटाइजर जस्ता सामग्रीहरु वितरण गरेको छ ।
यससँगै, ट्राफिक सचेतनाकाका लागि बोर्ड राख्न बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजार रुपैयाँ सहयोग गरेको छ । यसका साथै इलाका प्रहरी कार्यालयको डेढगाउँमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त बैंकले १० हजार आर्थिक सहयोग गरेको छ ।
यसका साथै बैंकले मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भएका आँधीखोला गाउँपालिका वडा नं ६ का पदमबहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्