मेटलाइफ नेपालमा स्थापना भएको २० वर्ष पूरा «

मेटलाइफ नेपालमा स्थापना भएको २० वर्ष पूरा

बिमा कम्पनी मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । मेटलाइफले २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको थियो ।
त्यसयता मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबिमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बिमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।
विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोड रुपैयाँभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरमार्फत ४० हजार भन्दा बढी पेशाको श्रृजना, २ अर्ब करोडको जीवन बिमा कोष तथा २७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको जनाएको छ ।
हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बिमा सुरक्षण प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्