मेगा बैंकको शाखा परासीमा «

मेगा बैंकको शाखा परासीमा

मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । बैंकले चालु आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्