कुमारी बैंकको फोनलोन ईएमआई सेवा «

कुमारी बैंकको फोनलोन ईएमआई सेवा

कुमारी बैंकले फोन लोन प्रदान गर्ने भएको छ । कुमारी बैंकले फोनलोन ईएमआई सेवा सार्वजनिक गरेको हो । बैंकले पत्रकार सम्मेलन गरेर ईएमआईमा भुक्तानी गर्न मिल्ने फोन लोन योजना सार्वजनिक गरेको हो ।
अब ग्राहकले आफ्नो अनुकूलतामा एक महिना, तीन महिना, ६ महिना, ९ महिना र १२ महिनाको समय राखेर ईएमआईका आधारमा आफूले लिएको ऋण भुक्तान गर्न सक्नेछन् ।
बैंकले अहिलेलाई तलब खाता आफ्नोमा हुनेहरुलाई मात्र ऋण उपलब्ध गराउनेछ । ऋण एक हजारदेखि २ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ । ग्राहकले मोबाइल बैंकिङको प्रयोग गरी कुनै धितो वा कागजी प्रक्रियाविना नै फोनलोन सुविधा पाउने बताएको छ । एफवान सफ्टसँगको सहकार्यमा बैंकले नयाँ योजना ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्