कामना सेवा फुटसलकप आयोजना हुने «

कामना सेवा फुटसलकप आयोजना हुने

‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने नारासहित कामना सेवा विकास बैंकले पहिलो कामना सेवा फुटसलको आयोजना गर्ने भएको छ ।
आगामी पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना गर्ने भएको छ । सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल कमिटिमा रहने बताइएको छ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।
संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुनेमा विस्वस्त रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्