Logo

हुण्डाइको कोना इलेक्ट्रिक कार बजारमा

हुण्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुण्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ ।
नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुण्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार रहेको कम्पनीको दावी छ । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको बताइएको छ ।
कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्ने कम्पनीको भनाइ छ । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी फिचर थप भएर आएको छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ ।
एक्टेरियरमा हेर्दा हुण्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ ।
नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ । जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।
इभीका लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसैवर्ष भित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टलले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्