सिभिल बैंकका अध्यक्ष पाण्डेले लिए शपथ «

सिभिल बैंकका अध्यक्ष पाण्डेले लिए शपथ

यस सिभिल बैंकको सञ्चालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका छन् ।
अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरे ।
बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउँदै लग्नुका साथै डिजिटल लाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भइसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे ।
बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सधैं तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्