सानिमा मिडिल तमोर हाइड्रोले आइपीओ निष्काशन गर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । उक्त सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने भएको छ । कम्पनीले सभाबाट एक जना स्वतन्त्र सञ्चालक पनि नियुक्त गर्ने भएको छ ।