मन्त्री शशी श्रेष्ठ र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता «

मन्त्री शशी श्रेष्ठ र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर डे स्वातरबीच भेटवर्ता भएको छ ।
गरिबीमा जीवन यापन गरिरहेका नागरिकहरुको मानव अधिकारको सुरक्षाको अवस्था र गरिबी निवारणको लागि भइरहेका प्रयासका सम्बन्धमा अध्ययन गर्न नेपाल आएक राष्ट्रसंघका विशेष प्रतिनिधिसँग मन्त्री श्रेष्ठले गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विषयमा छलफलसमेत गरेकी छिन् ।
मन्त्री श्रेष्ठले भूमिहीनको समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तह मिलेर तथ्यांक संकलन गर्ने काम भइरहेको र भूमिहीन दलित, सकुम्बासी, मुक्त हलिया, कमैया कमलरीको समस्र्या दिगो रुपमा अन्त्य गर्न सरकारले कार्ययोजना बनाए रकाम गर्ने बताइन् ।
विश्वको साझा समस्या रहेको र गरीबी विद्यमान रहेसम्म समृद्धि सम्भव नहुने भन्दै मन्त्री श्रेष्ठले गरिबी निवारणमा सामुहिक प्रयास, आवश्यक समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक रहेको बताइन् ।
संविधानले राज्यका निर्देशक सिद्धान्त, नीति र मौलिक हकअन्तर्गत अव्यवस्थित वसोवास व्यवस्थापन, भूमिहीन सुकुम्बासीको भूमिमा समन्यायिक पहुँच लगायत वैज्ञानिक भूमि सुधार र भूउपयोग कार्यक्रम सञ्चालन गरिने विषयलाई प्राथमिकतामा राखेकाले सरकारले यी विषयसँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयनमा ल्याइसकेको पनि मन्त्री श्रेष्ठले बताइन् ।
राष्ट्रसंघका सम्बन्धित विशेष प्रतिवेदक ओलिभियरले भूमिहीन व्यवस्थापनका लागि मन्त्रालयबाट भइरहेका प्रयास, भूमि दिने विषय, संविधानमा भएका व्यवस्थाको कार्यान्वयन, नेपालमा गरिबीको हालको अवस्था र त्यसको न्युनिकरणका लागि भइरहेका प्रयास लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्