आगलागी पीडित परिवारलाई प्रहरीको निःशुल्क स्वास्थ्य शिविर «

आगलागी पीडित परिवारलाई प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

मुगु – हिमाली जिल्ला मुगुका अग्निपीडित तथा अन्य नागरिकहरूलाई नेपाल प्रहरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमबार जिल्ला सदरमुकाम गमगढीमा यहाँका स्थानीयलाई सो शिविर सञ्चालन गरेको हो ।
पछिल्लो समय हिमाली जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने सिजन भएकाले केही स्वास्थ्यमा सुधार होस् भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यालयका अनुसार गत कात्तिक २९ गते सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भएर घर जलेका र त्रिपाल मुनि रात कटाइ रहेका आगलागी पीडित परिवारहरूको समय मै निःशुल्क चेकजाँच तथा औषधि बितरण गरिएको जनाइएको छ ।
घरमाकामगर्दा लडेर सामान्य घाइते भएकी छायाँनाथ रारा नगरपालिका–५ ढुम गाउव्की ५३ वर्षीया जलुका बुढा उपचारका लागि जिल्ला अस्पताल मुगु जाँदै गर्दा गमगढीमा प्रहरीले निःशुल्क स्वास्थ्य शिविर गरेको थाहा पाएपछि अस्पताललाई छोडेर शिविरमा निःशुल्क औषधि र चेकजाँच गर्न पाउदा निकै खुसी भएको उनले बताइन् ।
चिसो समयमा बढी मात्रा बालवालिका र वृद्धवृदालाई बढी चिसोलगायत अन्य विभिन्न रोगले सताइरहेको हुँदा नेपाल प्रहरीको निःशुल्क शिविरमा चेकजाँच उपचार गर्न पाउदा हर्षित भएका छौं । तर, मेडिकललगायत अन्य निजि स्वास्थ्य पसलहरूमा चर्को मुल्य तिरेर औषधि उपचार गर्न बाध्य भएका थियौं यो शिविर बाट राम्रो सेवा पाउदा आर्थिक कारोवारोर पनि बचत भएको अर्को स्थानीय ७३ वर्षिय तिलक प्रसाद चौलागाईले बताएका छन् ।
दुर्गममा रहेका स्थानीय नागरिक, गएको कात्तिक २९ गते आगलागि पिडित भएका ८१ जना, जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत सुरक्षाकर्मी, पूर्वप्रहरी, लगायत अन्य नागरिक गरि जम्मा २ सय ६९ जनाको स्वास्थ्य परिक्षण गरिएको मध्ये बढि मात्रा श्वासप्रश्वाश, हाडजोर्नी, दम, पाठेघर समस्या, ग्याष्ट्रिक, छाला रोग सम्बन्धि समस्या भएका बिरामिहरू देखा परेको शिविरमा खटिएका प्रहरी निरिक्षक डा.शत्रुधन बहरदारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्