सदस्य–सचिवलाई ओलम्पिक कमिटीको स्वागत «

सदस्य–सचिवलाई ओलम्पिक कमिटीको स्वागत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नु पर्ने नियमावली अन्तिम चरण पुगेको बताएका छन् ।
मन्त्रिपरिषदको निर्णयपछि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई सोमबार नेपाल ओलम्पिक कमिटिले बधाई तथा स्वागत गरेको कार्यक्रममा सदस्य सचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नु पर्ने नियमावली करिब करिब अन्तिम चरणमा पुगेको र छिट्टै अर्थ र कानुनमा पुगरेर मन्त्रिपरिषदमा टेबुल हुने बताएका हुन् ।
यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अघिल्लो सदस्य सचिवनको कार्यकालमा ऐन कार्यान्वयनको गतिमा ढिलाए भएको भन्दै नयाँ सदस्य सचिवनको कार्यकालमा नयाँ ऐनले पूर्णता पाउने बताए ।
सपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रिय खेलाडीको विमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताएका सदस्य सचिव घिसिङले नजिकिँदै गरेको एसियन गेम्सको तयारीलाई पनि जोड दिन ओलम्पिक कमिटीलाई आग्रह गरे । नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका घिसिङलाई मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले सदस्य सचिवमा चार वर्षका लागि नियुक्त गरेको थियो । सदस्य सचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो ।
तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई शेरबहादुर नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव भएका छन् ।

प्रतिक्रिया दिनुहोस्