नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम «

नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

नेपाल बैकले काभ्रेको पनौतीस्थित खोपासीमा रहेको आफ्नो शाखा कार्यालयमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पनौती नगरपालिका मेयर भीम न्यौपानेले बैंकको शाखा स्थापना भएसँगै सो क्षेत्रका स्थानीयलाई डिजिटल वित्तीय चेतना अभिवृद्घि गर्न सहयोग पुग्ने बताए । उनले बैंकले स्थानीयको वित्तीय आवश्यकता पूरा गर्न बैंकले थप नयाँ कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास व्यक्त गरे ।
नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए । उनले ग्राहकको चाहनाअनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको र यसलाई निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्