नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम «

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले कालिकोटको पलाता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पलाता गाउँपालिकासँग दीगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी पनि गरेको छ ।
समझदारी पत्रमा बैंककोतर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले हस्ताक्षर गरेका छन् ।
उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्