केएल दुगड समूहको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी «

केएल दुगड समूहको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालि सम्मानित भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएबापत कम्पनीले उत्कृष्ट निर्यातकर्ताको सम्मान पाएको हो ।
मोरङ व्यापार संघले कम्पनीलाई यो सम्मान दिएको हो । संघले उक्त सम्मान आफ्नो ६५औं वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका सञ्चालक विकास दुगडलाई प्रदान गरेका हुन् ।
स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्