आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच सम्झौता «

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामुहिक दुर्घटना बिमा लगायत सम्पत्ती तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।
निर्जीवन बिमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सात वटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकलाई बिमा सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । त्यसैगरी नयाँ नयाँ बिमा सेवा सुरु गरी सरल बिमा र सहज दावी भुक्तानीमा विशेष ध्यान दिँदै अघि बढ्ने पनि कम्पनीले प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्