सिटिजन लाइफद्वारा उत्कृष्ट लिडर सम्मान «

सिटिजन लाइफद्वारा उत्कृष्ट लिडर सम्मान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्पाेरेट क्लबमा पर्न सफल उत्कृष्ट लिडरहरुलाई सम्मान गरेको छ । होटेल याक एण्ड यतीमा सम्पन्न सिटिजन लिडर्स नाइटको चौथो संस्करणका अवसरमा सम्मान प्रदान गरिएको हो ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडर, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरहरु सहभागी थिए । कार्यक्रममा डा. सन्दुक रुइतले मनदेखि चाहेको खण्डमा जुनसुकै कुरा असम्भव नहुने भन्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै लिडरहरुलाई प्रेरित गरे ।

प्रतिक्रिया दिनुहोस्