लैङ्गिक हिँसा अन्त्य नहुनु चिन्ताको विषयःराष्ट्रपति भण्डारी «

लैङ्गिक हिँसा अन्त्य नहुनु चिन्ताको विषयःराष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिंगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीति निर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गतआयोजना गरेको राष्ट्रिय कार्यक्रममा उहाँले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको बताएकी छिन् ।
जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासंघजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उनले बताइन् । वनजंगलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्काेतिर महिला हिंसा उन्मुलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सामुदाकिय वनको भूमिका महत्वपूर्ण रहेको उनको नभाई छ । “ वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जिविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएकी छु,” उनले भनिन्, ।
भण्डारीले महासंघले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामुलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्र्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण अगाडि बढ्नुपर्ने बताएकी छिन् । उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थाहरुलाई आह्वान समेत गरेकी छिन् ।
समाजमा अझै पनि लैङ्गिक हिँसा विभिन्न रुपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको भण्डारीले बताईन् । “एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न संघर्ष गर्नुपरेको छ भने अर्काेतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रुप प्रकट भइरहेका छन्, यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक छ,” राष्ट्रपति भण्डारी भनिन्, “समाजबाट लैङ्गक हिंसा उन्मुलन गर्न महिला र पुरुष दुबैको उत्तिकै सक्रियता आवश्यक छ ।”

कार्यक्रममा महांसघका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मुलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाल सरकारी निकाय र सामाजिक संस्थाहरु जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताईन् ।
नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका का प्रमुख अशोक व्यन्जुले महासंघले वन संरक्षणका साथै सामाजिक शसक्तिकरणमा पनि योगदान रहहेको बताए । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महांसघले नाङ्गा डाडालाई वनजंगल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, समाजिक तथा सचेतनामूलक कार्यमा समेत विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्