कांग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर विजयी «

कांग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर विजयी

कैलाली-नेपाली कांग्रेसको १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् ।
पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् । उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे ।
अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ ।
उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी भए । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्