एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता «

एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता

एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थकेयरसँग सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिब र आइएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ । कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट ग्राहकहरु छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् । उनले आइएसओएनको विश्वका एक हजार बढी अस्पताल र २५ सय बढी डाक्टरहरुसँग सहकार्य रहेको बताएका थिए ।
बैंकका १२ लाख ग्राहक छन् । साथै एक सय ५ शाखा सञ्जाल, एक सय ३८ एटीएम र राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्