पाँच हप्तादेखि आठ ट्रक अलपत्र
माथिल्लो तामाकोसीका स्थानीयको अवरोध कायमै

माथिल्लो तामाकोसी जलविद्युत आयोजना स्थलबाट सामान बोकेर गेट पाएर निस्केका ८ वटा ट्रकहरु ५ हप्तादेखि सडकमै अलपत्र छन् ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएपछि परामर्शदातालाई जाँचबुझ गराएर आयोजना व्यवस्थापककै सिफारिसमा आयोजनास्थल सिस्नेरीमा रहेको नेपाली सेनाको तारा दल गणको गेट पास लिएर निस्केका ट्रकहरु न त गन्तव्यमै पुग्न सके न त पुनः सामान उठाएको ठाउँमै फर्कन पाए । लोड गरेका ट्रक सामान नै बोकेर ३ दिनभोर्ले, २२ दिन सिंगटी बजारमा रोकिएपछि फर्किएर पुनः सुरक्षा निकायको गेट अगाडी एक हप्ता अघिदेखि रोकिएका छन् ।
माथिल्लो तामाकोसीको विद्युत गृहमा काम गरेको सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोपावर कर्पोरेसनको व्यूरो ६ को ठेकेदारले आफ्नो सामान स्थानीयका ८ वटा ट्रक कात्तिक ८ गतेदेखि १० गतेसम्म लोड गराएर सशस्त्र प्रहरी, नेपालप ्रहरीले सामान र कागज जाँचबुझ गरेर चेकपोष्टबाट गेट पास पाएर निस्किए ।
तर सोही दिन १० किलोमिटर टाढा भोर्ले भन्ने ठाउँमा स्थानीयको नामबाट रोकिए । ३ दिनपछि प्रहरीले स्कटिङ गरेर सिंगटी बजार पु¥याएपनि त्यहाँ पनि स्थानीयले रोकेपछि ट्रक अघि बढ्न सकेनन् ।
ट्रक चालक छिरिङ शेर्पाले भने, “तिहार अघिदेखि बाटोमै ट्रक रोकिए, हाम्रो त यसैमा काम गरेर जिविकोपार्जन गर्ने हो त्यो पनि रोकिएको बछ ।” “प्रहरीकै उपस्थितिमा सामान लोड गराएर सबै कागजात दिएर नेपाली सेनाको चेकपोष्टबाट गेट पास पायौं” उनले भने, “ट्रक हिडेको एक घण्टा नपुग्दै स्थानीयले कवाडी भन्दै रोके डेढ महिना पुग्न लाग्यो ।”
भोर्लेमा रोकिएका ८ वटा ट्रकमध्ये २ वटा राजमार्गबाट गौरीशंकर गाउँपालिका –६ गुरुम्फी स्थानीयले जबरजस्ती पु¥याएर प्रहरीकै उपस्थितिमा अनलोड भयो । ती सामान पुनःलोड गरेर २ दिनपछि सिंगटी ल्याए । सिनो हाइड्रोले आयोजना निर्माणका सिलसिलामा ल्याएर काम सकिएपछि फर्काउन लागेको इलेक्ट्रिकल प्यानल, ट्रान्सफरमर, स्टिल पाइप, र आल्मुनियम पाइप छन् ।
रसुवा लैजान नसक्ने भएपछि सिंगटीबाटै चिनीया कम्पनीले सामान आयोजनास्थलमै थन्क्याउने भनेर फर्कायो । तर गेट पास भइसकेको सामान फिर्ता के कारणले गर्ने भन्दै सेनाले प्रवेशै दिएन । अहिले ट्रक चालकहरुलाई न सामान सडकमै झारेर हिड्नु न त गन्तव्यमा जाने अन्यौल भएको छ ।
चिनीयाँ कम्पनीले तामाकोसीको काम पूरा भएपछि आयोजना निर्माणमा प्रयोग भएका उपकरण रसुवामा निर्माण थालेको त्रिशुली थ्री ए आयोजनामा लैजाने गरी गेट पास दिएको छ । तर स्थानीयले अवरोध गरे, प्रशासनले पनि गन्तव्यमा पु¥याउन नसकेको भन्दै जहाँबाट ल्याएको उतै झार्ने भनेर फर्काएको ट्रकले सेनाको चेक पोष्टले प्रवेश अनुमति नदिएपछि ट्रक सडकमै अलपत्र छन् ।
प्रतिट्रक ६० हजार भाडा पाउने गरी लोड गरेर छुटेका ट्रक गन्तव्यमा पुग्न नसक्दा त्यसका मजदुर पनि काम विहीन भएका छन् भने गाडी रोकिएको छ । ट्रक गन्तव्यमा जाने वातावरण बनाइदिन ट्रक चालकहरु स्थानीय तह, जिल्ला प्रशासन, प्रहरीसमक्ष हारगुहार गरिरहेका छन् । तर प्रहरी र प्रशासनले रोक्नेको नाममा किटानी जाहेरी मागेको बताउँछन् । “प्रहरीकै उपस्थितिमा सडकमा सामान रोकिए, गुरुम्फी लगेर प्रहरीकै उपस्थितिमा झारियो” एक ट्रक चालकले भने, “सडकमा रोक्न धेरै गाउँले आएका थिए, प्रहरीकै उपस्थितिमा भएको घटनामा कसको नामदिनु ? अहिले हामीलाई नै प्रशासनले समेत अप्ठ्यारो पारे ।”
सामान झार्न र ट्रक छुटाउन न त कम्पनीले चासो राख्यो, न प्रशासनले नै । चिनीयाँ कम्पन ीप्रशासनको जिम्मेवारी भन्छ । चिनीयाँ कम्पनीसँग सप्लार्यसको जिम्मा पाएको कोही पनि देखा परेका छैनन् । तर तामाकोसीको कवाडीमा राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीयसम्मले आँखा लगाउँदा काम गरी खाने मजदुरहरु चेपुवामा परेका छन् ।
यसअघि पनि रोकिएका गाडीहरु लामो छलफलपछि छुटेका थिए । तर काम सकिएपछि आयोजनाका कवाडीमा राजनीतिक दल तथा प्रशासनिक आँखा लागे पनि सहज बनाउन कोही लागेका छैनन् । ६ महिनाअघि पनि स्थानीयले भोर्लेमा झारेको सामान अहिलेसम्म अलपत्र छ ।