सुन तोलाको ९२ हजार «

सुन तोलाको ९२ हजार

साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर ९२ हजार भएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९० हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्