उज्यालो पालिका घोषणाको तयारीमा पातारासी «

उज्यालो पालिका घोषणाको तयारीमा पातारासी

मेरो पालिका


प्रदेश – कर्णाली
जिल्ला – जुम्ला
पालिका – पातारासी
अध्यक्ष – लछिमन बोहोरा
उपाध्यक्ष – पुन्नकली महतारा
प्रमुख प्रशासकीय अधिकृत – टेकबहादुर बुढ्थापा
बजेट – ४१ करोड १२ लाख
वडा संख्या – ७
जनसंख्या – १७ हजार
घरधुरी – ३ हजार ४ सय

संविधानको धारा २९५(३) बमोजिम संघीय संरचनाअनुसार बनेका स्थानीय तहमध्ये एक हो— जुम्लाको पातारासी गाउँपालिका । यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला छ भने पश्चिममा चन्दननाथ नगरपालिका, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा गुठीचौर गाउँपालिका छ । गाउँपालिकाको केन्द्र पातारासी–५, लासीमै तोकिएको छ ।
पातारासी गाउँपालिका कृषि, पर्यटन, जडीबुटी र जलविद्युत्को प्रचुर सम्भावना बोकेको पालिका हो, जहाँ मानो छरेर मुरी उब्जनी हुने उर्वर भूमि विश्वकै अग्लो स्थानमा मार्सीधान फल्ने लाछुज्युलो छ । एक रुपैयाँको नोटमा भएको चंखेली हिमाल, पातारासी हिमाललगायतका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र अनगिन्ती रूपमा छन् । कृषि, पर्यटन, जडीबुटी र जलविद्युत्को अथाह सम्भावनालाई अवसरमा बदल्न पातारासी गाउँपालिकाले सुरुवातीदेखि नै पूर्वाधार विकास, पर्यटन विकास र जलविद्युत् विकासलाई जोड दिँदै आएको छ । पातारासीका २६ वटा गाउँबस्तीका ३५ सय घुरधुरीलाई बितेको साढे चार वर्षमा विद्युतीय पहुँचमा पु¥याउन पातारासी गाउँपालिका सफल भएको छ भने पालिकाका २६ वटै बस्तीमा ग्राभेल तथा कच्ची सडक पुगेको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताए । पातारासीका विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पु¥याउन तथा पर्यटन प्रवद्र्धनका लागि विद्युत्को विकासमा जोड दिएको अध्यक्ष बोहोराको भनाइ छ ।
उनले भने, “जिल्लाका आठ स्थानीय तहमध्ये पातारासी विद्युत्मा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । निकट भविष्यमै जिल्लाकै पहिलो उज्यालो पालिका घोषणाको तयारीमा छांै ।”
पालिकाका ३४ सय घरधुरी नै हाल विद्युतीय पहुँचमा पुगेका छन् । विद्युतीय विकासमा दुर्गम पातारासीले सुगमलाई पनि चुनौती दिएको छ । प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाले भने, “हाल सञ्चालित १६ वटा विद्युत् आयोजनाको मर्मतका लागि पालिकाले आवश्यक बजेट छुट्ट्याउने गरेको छ । विकासको मेरुदण्ड मानिने विद्युत् विकासमा जोड दिँदा साना उद्योगी, विद्यार्थीलगायत उपभोक्तालाई राहत भएको छ ।”
जसमा पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटकै तल्फी जलविद्युत् आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत् आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत् आयोजनालगायत १६ वटा नयाँ–पुराना आयोजना सञ्चालनमा छन् । १६ वटा आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सदरमुकामको भन्दा ठूलो करिब २ सय ५० किलोवाटको बत्ती नियमित बलिरहेको छ ।
पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय बुढ्थापा भन्छन्, “पावर हाउसका कर्मचारीलाई तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै बेहोर्ने गरी पालिकाभरिका ३४ सय घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरेका छौं ।”
उनका अनुसार चालू आवमा विनियोजित ४१ करोड बजेट आवश्यकताका आधारमा ७ वटै वडामा छुट्ट्याएको बजेटमा विद्युत्को विस्तार, उज्यालो पालिका घोषणामा प्राथमिकता दिइएको छ ।
पातारासीमा पानीको स्रोत पर्याप्त भएकै कारण स्थानीय सरकारको लगानी र प्राथमिकता पनि जलविद्युत्मै परेको हो, जसका कारण अन्य क्षेत्रको विकासभन्दा विद्युत् क्षेत्रको विकास प्रभावकारी भएको छ ।
त्यस्तै हालसम्म डेढ दर्जनभन्दा बढी विभिन्न ऐन–कानुन निर्माण भएका छन्, जसले दैनिक कार्यसम्पादनमा सहज भएको छ भने पातारासीका चारवटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । पातारासीका सातवटै वडाका २६ बस्तीमा सडक पुगेका छन् । साथै, पातारासी क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरी काम अघि बढेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले कारोबारलाई जानकारी दिए ।
विश्वकै अग्लो स्थानमा मार्सी उत्पादन हुने छुमज्युलो प्रवद्र्धन विकास गुरुयोजनामार्फत घेराबार, होमस्टे, कटेज, हेलिप्याडलगायतका संरचना निर्माण भइरहेका छन् । साथै तातापानी धानचौरी पर्यटन गुरुयोजना पनि कार्यान्वयनकै स्थितिमा छ ।
स्थानीय सरकार आएपश्चात् पातारासीका गाउँगाउँमा १६ वटा विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । १५ देखि १ सय किलोवाटसम्मका १६ आयोजना निर्माण भई सञ्चालन भएपछि पातारासीका दुर्गम बस्ती झिलिमिली भएका छन् भने जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी जुटेको छ ।
कृषि उत्पादनका हिसाबले पनि जिल्लाको अन्नभण्डारका रूपमा प्रचलित पातारासीमा आलु, मकै, कोदो, फापर पर्याप्त उत्पादन हुन्छ । ती उत्पादनको बजारीकरणमा सघाउ पु¥याउन गाउँगाउँमै सडक पुग्दा स्थानीयको जीविकोपार्जनमा समेत सुधार भएको छ ।
प्रस्तुति ः सागर परियार

प्रतिक्रिया दिनुहोस्