शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको जोखिम बिमा «

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको जोखिम बिमा

शिवम् सिमेन्टले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीसँग परामर्श तथा उनीहरुको जोखिम बहन बिमा कार्यक्रम सम्पन्न गरेको छ ।
अन्र्तक्रियामा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको थियो । हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बिमासहित बिमा पोलिसी हस्तान्तरण गरेको थियो । स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङलगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीसँग अन्तक्रिया तथा उनीहरुको जोखिम बिमा सम्पन्न गरी सकेको छ । कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्