नेपाल बैंक र बिमा संस्थानबीच सम्झौता «

नेपाल बैंक र बिमा संस्थानबीच सम्झौता

नेपाल बैंक र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुलाई विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकले राष्ट्रिय बिमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीलाई बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ ।
सम्झौतापत्रमा बैंकका काठमाडौ बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बिमा संस्थानका व्यवस्थापक भोलानाथ घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्