मुक्तिनाथ बैंकका ग्राहकले नारायणी सेन्ट्रल अस्पताल र देव कर्नर ज्वेलरीमा छुट «

मुक्तिनाथ बैंकका ग्राहकले नारायणी सेन्ट्रल अस्पताल र देव कर्नर ज्वेलरीमा छुट

मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले वीरगन्जको नारायणी सेन्ट्रल अस्पताल र काठमाडौंको देव कर्नर ज्वेलरीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डबाहकले नारायणी सेन्ट्रल अस्पतालको बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डाक्टर कन्सल्टेसन जस्ता सेवाहरुमा ५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
साथै, देव कर्नरमा पनि सम्झौता पछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्