माछापुच्छ्रे क्यापिटलद्वारा एक अर्बको लगानी व्यवस्थापन «

माछापुच्छ्रे क्यापिटलद्वारा एक अर्बको लगानी व्यवस्थापन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छे« कृति क्यापिटलले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
हालै लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाइ छ । लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैरस्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्