एलजीको एयर प्युरिफायर नेपाली बजारमा «

एलजीको एयर प्युरिफायर नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्सले एलजी प्युरिकेयर ३६० डिग्री एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ ।
यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेसन प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुलाई हटाउने कम्पनीको दाबी छ ।
एयर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्ने बताइएको छ । एरो स्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्वारा निर्मित बोइङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको एयर फ्लो उच्चतम गराई एयेर रेसिस्टेन्स र फ्रिक्सन घटाउने कम्पनीको भनाइ छ ।
मल्टि फिल्ट्रेसन सिस्टम ६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित यस फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धूलोलगायत प्रदूषणलाई ९९.९९ प्रतिशत हटाउँछ । पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ । साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयरबोन पाटिकल्सलाई पनि निष्क्रिय पार्दछ । एलजी थिंक्युको स्मार्ट इन्डिकेटर रियल टाइममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ ।
यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्ने कम्पनीको दाबी छ । प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पु-याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मद्दत गर्दछ । यस एयर प्युरिफायरमा १० वर्षको वारेन्टी पनि रहेको छ । एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्