उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग «

उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयका विद्यार्थीलाई हिमालयन डेभलपमेन्ट इनिसियटिभमार्फत २ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटीभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेका छन् ।
एचडी आईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्युतीय माध्यमद्वारा चार्ज हुने बत्ती प्रदान गरेको छ । सो बत्तीले विद्युतीय सेवाबाट बञ्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीलाई घरमा पनि अध्ययन गर्न सहज हुने बैंकले विस्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्