डाबर नेपाल, तालकोल्ला र इसिमोडबीच सम्झौता «

डाबर नेपाल, तालकोल्ला र इसिमोडबीच सम्झौता

Photo: Jitendra Raj Bajracharya/ICIMOD.

डाबर नेपाल, इसिमोड र तालकोल्लाबीच त्रिपक्षिय सम्झौता भएको छ ।
इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबार नेपालका नेपाल म्यानेजर हरकीरत सिंह बेदी र तालकोल्लाका प्रतिनिधिबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतसँगै बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परीणाम हासिल गर्ने बताइएको छ ।
सम्झौताअन्तर्गत डाबर नेपालले डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षका लागि टिमुर खेतीमा सहयोग गर्ने छ । सो अवधिमा २५ हजार भन्दा बढी टिमुरका विरुवा रोप्न इसिमोडको संयोजनमा डाबरले सहयोग गर्ने बताइएको छ । सो सार्वजनिक–निजी–सामुदायिक साझेदारीले आर्थिक पुनस्र्थापना र जीविकोपार्जनका विकल्पलाई बढावा दिने र दिगो विकासलाई प्रोत्साहन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्