प्रविधिमैत्री विद्यालय बनाउन शिक्षकलाई तालिम «

प्रविधिमैत्री विद्यालय बनाउन शिक्षकलाई तालिम

जुम्ला– तातोपानी गाउँपालिकाका विद्यायलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम सञ्चालन गरिएको छ । समयको विकाससँंगै विद्यालयमा पनि प्रविधिको प्रयोग आवश्यक देखिएकोले तातोपानी गाउँपालिकाको शिक्षा शाखाले पालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान थालेको हो ।
विद्यालयलाई प्रविधिमैत्री बनाउन तातोपानी गाउँपालिकाभित्रका २८ वटा विद्यालयका प्रधानाध्यापकलाई तीने दिने सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिमको आयोजना गरिएको छ । जिल्लामै पहिलो तालिमका रूपमा तातोपानी गाउँपालिकाले बुधबारदेखि तीन दिनसम्म प्रधानाध्यापकहरूलाई सूचना सञ्चार तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
तालिममा तातोपानी गाउँपलिकाभरिका २८ विद्यालयका प्रधानाध्यापक सहभागी भएको तातोपानी गाउँपलिका शिक्षा शाखाका प्रमुख सुरत शाहीले बताए । उनका अनुसार सामुदायिक विद्यायललाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ प्रअहरूलाई तामिलको आयोजना गरिएको हो । तालिममा शिक्षकलाई प्रविधिको प्रयोग तथा सूचना सञ्चारसम्बन्धी सैद्धान्तिक तथा प्राविधिक कुरा सिकाइएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा तातोपानी गाउँपालिकाका आईटी ऋषिकेश उपाध्यायले शिक्षकहरूलाई प्रशिक्षण गराउने छन् । साथै प्रशिक्षक दिपराज रावत, विजयकुमार शाही र सुरत शाहीले समेत सूचना सञ्चार प्रविधिका आधारभूत विषयमा सिकाउने छन् ।
तालिममा सहभागी हिम शिखर माविका प्राधानाध्यापक धनबहादुर रोकायाले प्रविधिमैत्री विद्यालय बनाउन तालिम फलदायी हुने बताए । उनले भने, “विद्यालय सुधार, प्रविधिमैत्री विद्यालय निर्माण ता शिक्षकको क्षामता वृद्धिका लागि तातोपानी गाउँपालिकाले पछिल्लो समय कार्यक्रम गर्दै आएको छ । यस्ता तालिम र छलफलले विद्यालय सुधारसँंगै शैक्षिक सुधारमा टेवा पुग्ने देखिन्छ ।”
सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच वृद्धि गर्न तथा आकर्षण बढाउनका लागि शैक्षिक कार्यक्रम बढाउन आवश्यक रहेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार तातोपानीले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्दै आएको छ ।
बुधबारदेखि सुरु भएको सूचना सञ्चार तथा प्रविधि विषयक तालिम आगामी आज (शुक्रबार) सम्पन्न हुने तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्