द ब्रिटिस कलेजद्वारा फोटोग्राफी प्रतियोगिता «

द ब्रिटिस कलेजद्वारा फोटोग्राफी प्रतियोगिता

द ब्रिटिस कलेजले आयोजना गरेको अन्तरकलेज फोटोग्राफी प्रतियोगितामा एभरेष्ट फिल्म एकेडेमीका विजयवार प्रधान, आरएसएमटीका राजु महर्जन र काठमाडौँ विश्वविद्यायल स्कुल अफ एजुकेशनका आयुष चित्रकार विजयी भएका छन् ।
तीन विधामा फोटोग्राफी प्रतियोगिता गराइएको थियो । उनीहरुले क्रमशः स्पोर्टस्, कलेज लाइफ र ट्राभल विधामा विजयी भएका हुन् । यस फोटोग्राफी प्रतियोगितामा सहभागी सयौँ विद्यार्थीहरुलाई पछि पार्दै उनीहरु विजयी भएका हुन् । प्रतियोगिताका जजहरु द ब्रिटिस कलेजका प्रिन्सिपल जोय फोस्टर एलिस, फोटोग्राफी एक्सपर्ट प्रसित स्थापित र पुकार तिमल्सेना रहेका थिए । पहिलो सर्ट लिस्टमा २० वटा फोटोहरु छानिएका थिए भने दोस्रो सर्ट लिस्टमा १५ वटा फोटाहरु छानिएका थिए । यस कार्यक्रममको मुख्य प्रायोजक टर्किस एयरलाइन्स, एनआइसी एशिया बैंक र अल्फा बिटा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्