Logo

यसअघि डिसेम्बर महिनाको १५ तारिख बाट निर्धारित अन्तर्राष्ट्रिय उडानहरु सुचारु हुने घोषणा गरिएको थियो

ओमिक्रोनको त्रासका कारण भारतमा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय

तस्बिर : इन्डिया न्युज नेटवर्क

भारतको उड्डयन नियामक महानिर्देशनालय (डिजीसीए) ले देशमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निर्णय गरेको छ।
नँया कोरोना भाइरस को सन्दर्भमा डिजीसीए ले नियमित निगरानी राखेको बताएको छ। सिर्जित अवस्थानुसार अन्तराष्ट्रिय उडान शुरु गर्ने वा नगर्ने भन्ने बारे निर्णय गरिने निर्देशनालय ले‌ जनाएको छ।
यस सन्दर्भमा डिजीसीए ले भन्यो, ” नँया प्रकार को भाइरसको देखापरे सँगै हामी ले अवस्थाको‌ निरन्तर निगरानी गरिरहेका छौं। यसका साथै हामी हाम्रा सरोकारवाला सँग नियमित परामर्श मा पनि छौं। निर्धारित व्यावसायिक अन्तर्राष्ट्रिय यात्रु सेवा पुन: सुरु गर्ने विषयमा चाँडै नै निर्णय लिनेछौं।”
नागरिक उड्डयन महानिर्देशनालय ले यसअघि निर्धारित अन्तर्राष्ट्रिय उडानहरू डिसेम्बर महिनाको १५ तारिख बाट पुनः सञ्चालन हुने घोषणा गरेको थियो।
यसैबीच, भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ५४ नँया संक्रमित विरामी थपिएका छन्। जबकि अघिल्लो दिन जम्मा ६ हजार ९ सय ८० जना नँया संक्रमित विरामी थपिएका थिए।
पछिल्लो २४ घण्टामा १० हजार २ सय ७ जना बिरामी निको भएसँगै निको भएका बिरामीको सङ्ख्या (महामारी सुरु भएदेखि) बढेर ३ करोड ४० लाख २८ हजार ५ सय ६ पुगेको छ। फलस्वरूप, भारतको संक्रमण मुक्त दर ९८.३६% पुगेको छ।
देशको सक्रिय सकरात्मक संख्या ९९ हजार २३ पुगेको छ।
सक्रिय सकरात्मक संख्या देशको कुल सकरात्मक संख्याको ०.२८% रहेको छ।
बुधबार बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदन अनुसार भारत मा हालसम्म १२४ करोड १० लाख खोप लगाइएको छ।

स्रोत : इन्डिया न्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस्