पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं : पौडेल «

पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले विपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उनका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
समय र माग अनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उनले विगतको समिक्षाका आधारमा दीर्घकालिन योजनाका साथ कृयाशिल बन्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले विपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजवुद र कृयाशिल बनाएर जानुपर्ने बताए । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकतावद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाएको बताउँदै यही जोस र उमंगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख ताराना रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई अघि बढाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजवुद र कृयाशिल बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बोल्न नपाएको निहुँमा नाराबाजी समेत भएको थियो । गण्डकी प्रदेशको जारी अधिवेशन अन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको हो । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापन इतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापन इतरका आकांक्षीले आफूहरू पनि बोल्न पाउनुपर्ने माग राखेर नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्