संघीय संसद्को अधिवेशन आह्वान «

संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले यही यही मंसिर २८ गते मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मंसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्