आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने «

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्