स्प्राइटका विजेतालाई मोटरसाइकल हस्तान्तरण «

स्प्राइटका विजेतालाई मोटरसाइकल हस्तान्तरण

स्प्राइटको ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनको समापन भएको छ । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेतालाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजरसुमित दास र हंसराज हुलासचन्द एण्ड कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले विजेतालाई मोटरसाइकल हस्तान्तरण गरे । त्यसैगरी विराटनगर, चितवन र हेटौंडाका विजेतालाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
बाँकी ५ जना विजेतालाई ४३ इञ्चको सामसङ टिभी र २६३ जनालाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्