एनएमबि बैंकलाई बैंक अफ दी एसिया अवार्ड «

एनएमबि बैंकलाई बैंक अफ दी एसिया अवार्ड

एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबि पहिलो बैंक हो ।
द फाइनान्सियल टाइमसको ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदा गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबि बैंकले यो अवार्ड प्राप्त गरेको हो । यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यसपटक ‘बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो ।
बैंकका सीईओ सुनिल केसीले एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित भएको बताए । “बैंक मात्र हैन नेपाल र नेपाल राष्ट्र बैंकको जित हो” उनले भने ।
संयुक्त लगानीको यस बैंकमा नेदरल्यान्डको एफएओको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्