खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहक आकर्षित «

खुकुरी रमको नयाँ प्याकेजिङमा ग्राहक आकर्षित

खुकुरी रमलेहालै सार्वजनिक गरेको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको कम्पनीले जनाएको छ ।
विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकले अन्तर्राष्ट्रियस्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु दिइरहेका देशभर छरिएका रहेका रमका बिक्रेताहरुले बताएका छन् ।
रम पारखीहरुमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताको विषयमा समेत कौतुहुलता देखिएको बताइएको छ । नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएको कम्पनीको दावी छ ।
द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले भने, “रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।”
खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्कसमेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् ।
रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने कम्पनीको दावी छ ।
नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्