कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो «

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।
नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ र ५ हजार माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्