विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्रीसँग छलफल «

विश्व बैंकको लगानी रहेका परियोजनाबारे श्रममन्त्रीसँग छलफल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताको विषयमा छलफल भयो । सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे ।
विश्वबैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरूमा पुर्याउदै आइरहेको सहयोग महत्वपूर्ण रहेको बताउँदै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरूसँग बृहत् छलफल गरी प्रभावकारी बनाइने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकबाट प्राप्तसहयोगले ठूलो योगदान दिइरहेको छ । यसलाई प्रभावकारी बनाउन दीगो रोजगारीसंग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गकालागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथाबजारको माग अनुसार रोजगारी आपूर्ति गर्ने तर्फ काम अगाडि बढाउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।
श्रमरोजगारी तथा सीप तालिमलाई एकीकृत रूपमा सञ्चालन गर्न स्थानीय तह मार्फत नमुना सेवाकेन्द्रको सञ्चालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेको बताउँदै उहाँले विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गरे ।
बेरोजगार, गरीब र जोखिमपूर्ण अवस्थामा रहेका समुदायकोउत्थानकोलागिहाल संचालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षणसम्बन्धी क्रियाकलापहरू एकीकृत रूपमा संचालन गर्ने योजना रहेको भन्दै मन्त्री श्रेष्ठले बिश्व बैंकसँग सहयोगको अपेक्षा गरिएको बताए । साथै उनले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमहरूलाइ एकत्रित रुपमासंचालन गर्ने तयारी गरिएको बताए ।
निर्देशक जर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, यससम्बन्धी आवश्यक नीति, क्षमता विकासतथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए । विश्वबैंक नेपालकोप्रमुख सहायता प्रदान गर्ने साझेदार संस्था हो ।

प्रतिक्रिया दिनुहोस्