समीट लघुवित्तको २५.२८ प्रतिशत लाभांश प्रस्ताव «

समीट लघुवित्तको २५.२८ प्रतिशत लाभांश प्रस्ताव

समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।
कम्पनीले सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई मर्ज गरी एकीकृत कारोबार सुरु भइसकेको कारण नगद लाभांश करको व्यवस्था नगरिएको बताएको छ ।
संस्थाको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्