सिद्धार्थ बैंक र स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता «

सिद्धार्थ बैंक र स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच सम्झौता

सिद्धार्थ बैंक र वीरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक निमेश पल रमनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गरे बापत विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट पाउन ेछन् ।

प्रतिक्रिया दिनुहोस्