राष्ट्रिय वाणिज्य बैंकको शाखा कमलविनायकमा «

राष्ट्रिय वाणिज्य बैंकको शाखा कमलविनायकमा

राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए ।
उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघलगायत संघसंस्था तथा व्यवसायीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्