Logo

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक तथा नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सञ्चालनका लागि सम्झौता भएको छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।
नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत धवल भरत दभे, वरिष्ठ प्रबन्धक प्रविनमुनि बज्राचार्य तथा एनसिएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्