कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण «

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको निर्देशनअनुसार कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीमार्फत सरकारलाई हस्तान्तरण गरेका हुन ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार तथा कतारी नागरिकका लागि गरेको सहयोगको हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । स्वास्थ्य मन्त्रालयका सहसचिव डा. पवनजंग रायमाझीले कतार सरकारलाई धन्यवाद दिँदै कतार सरकारले आवश्यक परेको समयमा सधैँ नेपाललाई सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्