Logo

शाओमीको आधिकारिक स्टोर बुटवलमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रुपन्देहीको बुटवलमा आधिकारिक स्टोरको सुरुवात गरेको छ । बुटवलको वीपी चोक ६ मा अवस्थित मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्राण्डको छिटो प्रगति पुनः सुरु गर्ने बताइएको छ । यस ब्राण्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।
यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नका लागि अधिक महत्व थप्ने उत्साहलाई झल्काउने विस्वास लिएको कम्मपनीले जनाएको छ । यो मी स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबन्धनबाट उत्पादनको उपलब्धता र वितरण उपाय सम्म रिटेल प्रयासहरुलाई ब्राण्डको अधीनमा ल्याएर एकीकृत गर्ने बताइएको छ ।
शाओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई निगरानी गर्दछ जस प्रकार पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँदछ । यसको नतिजाको रूपमा, मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन् । उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्राण्डसँग अन्तरक्रिया गर्दछन् जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्