कर्न ब्राण्डका स्मार्टवाच नेपाली बजारमा «

कर्न ब्राण्डका स्मार्टवाच नेपाली बजारमा

अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।
कर्नका विश्वस्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
यी स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, नर्डिक सिपीयुलगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको बताइएको छ ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए । सन् २०१८ मा ुुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटा भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्