अविताको ‘फास्ट–फर्वाड’ ल्यापटप नेपाली बजारमा «

अविताको ‘फास्ट–फर्वाड’ ल्यापटप नेपाली बजारमा

अविताले अब नेपालमा पनि लाइफस्टाइल टेक ब्राण्डसहित व्यापार विस्तार गर्ने भएको छ ।
कम्पनीले अमेरिका, हङकङ, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारतलगायतका देशमासफलतापूर्वक आफ्नो बजार विस्तार गरिसकेको जनाएको छ ।
कम्पनीका अनुसार अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता सम्मिलित कुशलतापूर्वक निर्मित ल्यापटपका शृंखलाहरु ल्याएको जनाएको छ ।
यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबल र अपूर्व विशेषताले भरिपूर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
यो ब्राण्डको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप शृंखलाले नेपालको बजारलाई उत्साहित गर्ने बताइएको छ । सबै अविताका उत्पादनहरू २ वर्षको अन–साइट वारेन्टी दिइएको छ भने ‘म्यागस २–इन–१’ मा २ वर्षको क्यारी–इन वारेन्टी आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्