हुवावेको फोन एप्पल–सामसङको भन्दा महँगो, मूल्य २६०० डलर «

हुवावेको फोन एप्पल–सामसङको भन्दा महँगो, मूल्य २६०० डलर

बेइजिङ-हुवावेले आइतबार फोल्डेबल स्मार्टफोन लन्च गरेको छ । सामसङले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको केही दिन लगत्तै हुवावेको यो फोन सार्वजनिक गरेको हो ।
हुवावेले बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेसमा मेट एक्स लन्च गरेको हो । यो फोनको मूल्य २ हजार ६ सय डलरबाट सुरु हुनेछ र यसै वर्षको मध्यबाट उपभोक्ताका लागि उपलव्ध हुने चिनियाँ प्रविधि कम्पनीले जनाएको छ । यो मूल्य सामसङको ग्यालेक्सी फोल्ड उच्च गुणस्तरको फोन भन्दा पनि महँगो हो । सामसङको फोल्डेबल फोनको मूल्य १ हजार ९८० डलर रहेको छ । एप्पलको प्रिमियम फोनको मूल्य पनि यसैको हाराहारीमा रहेको छ ।
अमेरिकी अधिकारीहरुले हुवावेको फोन जासुसीका लागि प्रयोग हनु सक्ने चेतावनी दिँदै आएका छन् । यद्यपि हुवावेले यो अमेरिकी आरोप आधारहिन भएको बताउदै आएको छ । यसैबीच फाइभ–जी ल्याउने विषयमा अमेरिका र चीनबीच बढेको तनावको मध्येमा हुवावेले आपूmलाई अप्ठेरोमा परे हुवावेले बार्सिलोनामा आयोजना भएको मोबाइल वल्र्ड कंग्रेसमा मेट एक्स लन्च गरेको हो । यो फोनको मूल्य २ हजार ६ सय डलरबाट सुरु हुनेछ र यसै वर्षको मध्यबाट उपभोक्ताका लागि उपलव्ध हुने चिनियाँ प्रविधि कम्पनीले जनाएको छ । यो मूल्य सामसङको ग्यालेक्सी फोल्ड उच्च गुणस्तरको फोन भन्दा पनि महँगो हो । सामसङको फोल्डेबल फोनको मूल्य १ हजार ९८० डलर रहेको छ । एप्पलको प्रिमियम फोनको मूल्य पनि यसैको हाराहारीमा रहेको छ ।
हुवावेको मेट एक्स फाइभ–जी डिभाइस हो । यो फोल्ड गर्दाको समयमा ६.६ इन्चको स्मार्टफोन हुनेछ भने फोल्ड नगरेको समयमा ८ इन्चको ट्याबलेट हुन्छ । हुवावेको लन्चले सामसङसँग प्रतिस्पर्धा गर्नेछ । हुवावेले गत साता आफ्नो ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको थियो । सुस्त बनेको विश्वव्यापी स्मार्टफोन बजारलाई जागा बनाउनका लागि झकझकाउने प्रयास स्वरुप विश्वका ठूला स्मार्टफोन निर्माताहरुले नयाँ नयाँ फोन बजारमा ल्यायउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्