चालु अधिवेशनबाटै प्रदेशले नाम पाउँछ : मुख्यमन्त्री राई «

चालु अधिवेशनबाटै प्रदेशले नाम पाउँछ : मुख्यमन्त्री राई

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले चालु अधिवेशनमै प्रदेशको नामाकरणको विषय संसदमा प्रवेश गराइने बताएका छन् ।
मंगलबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै राईले चाँडै संसदको बैठक बोलाउने र नामाकरणको विषयलाई पनि संसदमा प्रवेश गराउने प्रस्ट्याए । राईले प्रदेशको नाम राख्ने विषयमा पहिले दलहरूसँग छलफल गर्ने र प्रदेशसभाको बैठक बोलाएर संसदमा छलफलका लागि प्रवेश गराउने सरकारको योजना रहेको बताए ।
मुख्यमन्त्री राईले मन्त्रालय टुक््रयाउँदा खर्च बढ्ने भए पनि काम प्रभावकारी हुने भएकाले फाइदा हुने बताए । उनले भने, “मन्त्रालय टुक्राएर जिम्मेवारीलाई सही ढंगले विश्लेषण गरिने भएकाले राम्रो कामका लागि मन्त्रालय टुक्राउन लागिएको हो ।” राईले असंवैधानिक रुपमा बनेको अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गर्न प्रदेश सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरिएको बताए । उनले सरकारले पहिलेनै निर्णय गरिसकेका कारण प्रदेश खेलकुद बोर्ड पनि प्रक्रिया पु-याएर खारेज गरिने स्पष्ट पारे ।
उनले पहिलेको सरकार असंवैधानिक र त्यो सरकारले गरेको निर्णयहरू पनि असंवैधानिक भएकाले अहिलेको सरकारले सच्याउनुपरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्